Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

नेपाल बहराइनसँग पुनः पराजित

नेपाल बहराइनसँग पुनः पराजित

  • 136
    SHARES
  • नेपाल बहराइनसँग पुनः पराजित

    काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसिया कप २०२७ छनोटको दोस्रो चरणको  चौथो खेलमा नेपाल बहराइनसँग पराजित भएको छ ।

    बहराइनको रिफास्थित नेशनल स्टेडियमा आज बिहान भएको खेलमा नेपाल बहराइनसँग तीन-शून्य गोलअन्तरले पराजित भएको हो ।

    बहराइनको जितमा सायद बाकर, अब्दुल्लाह युसुफ र कोमाइल इल्सवादले समान एक-एक गोेल गरे । समूह एचमा रहेको नेपालको यो लगातार चौथो हार हो । यही चैत ८ गते बहराइनमै भएको खेलमा नेपाल बहराइनसँग पाँच-शून्य गोलअन्तरले पराजित भएको थियो ।

    त्यसअघि नेपालले युएईविरुद्ध चार-शून्यको हार बेहोरेको थियो भने यमनसँग दुई-शून्यले पराजित भएको थियो । नेपाल चार खेलमा अंकविहीन रहँदै समूहको अन्तिम स्थानमा छभने युएई १२ अंकसहित समूहको शीर्षस्थानमा छ ।

    नौ अंक बटुल्दै बहराइन दोस्रो र यमन तीन अंकसहित अंकतालिको तेस्रो स्थानमा छ । अब नेपालले छनोटका बाँकी दुई खेलमा युएई र यमनको सामना गर्नेछ ।

  • सम्बन्धित विषय:

  • # पराजित

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij