Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

इसीडी शिक्षक र विद्यालय कर्मचारीको तलब १५ हजार पुर्याइयाे

इसीडी शिक्षक र विद्यालय कर्मचारीको तलब १५ हजार पुर्याइयाे

  • 7.9K
    SHARES
  • इसीडी शिक्षक र विद्यालय कर्मचारीको तलब १५ हजार पुर्याइयाे

    कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाले सार्वजनिक गरेको आगामी आर्थिक २०७८/७९ वर्षको बजेटमा सामुदायिक विद्यालयमा कार्यरत बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीलाई सम्बोधन गरेको छ । संघीय सरकारले घोषणा गरेअनुसार शिवराज नगरपालिकाले सहयोगी कार्यकर्ता र विद्यालय कर्मचारीको तलब १५ हजार रुपैयाँ छुट्याएको छ ।

    images

    विद्यालयको शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी बनाउन स्थानीय तहले नियुक्त गरेका स्वयंसेवक शिक्षकको समेत २ हजार रुपैयाँ वृद्धि गरेको शिवराज नगरपालिकाको शिक्षा तथा युवा खेलकुद शाखाका अधिकृत पूर्णबहादुर विश्वकर्माले बताए । शिवराज नगरपालिकाले अस्थायी तथा करार कर्मचारीको सामाजिक सुरक्षा कोषका लागि २० लाख रुपैयाँ विनियोजन गरेको नगर उपप्रमुख शिवकुमारी थारुले बताइन् ।

    शिवराज नगरभित्र सामुदायिक विद्यालयमा कार्यरत ६२ जना शिक्षक, ११ कर्मचारी र कार्यालय सहयोगी ६३ जना गरी १३६ जनाको तलब वृद्धि भएको विश्वकर्माले बताए । शिक्षा, युवा तथा खेलकुदमा ३ करोड ९ लाख रुपैयाँ बजेट विनियोजन गरेको उपप्रमुख थारुले जानकारी दिइन् ।

    शिवराज नगरपालिकाले स्वयंसेवक शिक्षकका लागि पोसाक भत्तासमेत विनियोजन गरेको छ । शिक्षा शाखाले कर्मचारीको सेवा-सुविधा एवं वृत्ति विकासमा २ करोड, आधारभूत र माध्यमिक शिक्षा कार्यक्रमअन्तर्गत ३ लाख ३९ हजार, विद्यालयको भौतिक सुविधा विस्तारमा १९ लाख र गुणस्तरीय शिक्षाका लागि क्षमता वृद्धि कार्यक्रममा ३ करोड रुपैयाँ विनियोजन गरेको शिक्षा शाखा प्रमुख लोकराज पन्थीले बताए ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology