Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

नेपालको संविधान विश्वकै संविधानमध्येको उत्कृष्ट : सभापति देउवा

नेपालको संविधान विश्वकै संविधानमध्येको उत्कृष्ट : सभापति देउवा

  • 147
    SHARES
  • नेपालको संविधान विश्वकै संविधानमध्येको उत्कृष्ट : सभापति देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले महिलालाई थप  सशक्तीकरण गर्न जरुरी रहेको बताएका छन् ।

    मंगलादेवी सिंह फाउन्डेसनले काठमाडौं महानगरपालिकाको सहकार्यमा आज यहाँ आयोजना गरेको ‘नेपाली महिला आन्दोलनमा महिला सशक्तीकरण, राजनैतिक चेतना एवम् सामाजिक जागरण ल्याउने कार्यमा योगदान पुर्याउने महिलाको सम्मान कार्यक्रम’मा उनले महिला सशक्तीकरण भएमा मात्र समानतामूलक समाज निर्माण हुने बताए ।

    उनले भने, ‘कांग्रेसलाई आगामी निर्वाचनमा बहुमत ल्याउनसक्ने पार्टीका रुपमा स्थापित गराउनका लागि पार्टीमा आबद्ध महिलालाई अझ बढी सशक्तीकरण गर्दै अगाडि बढ्नुपर्छ, महिलालाई सशक्त बनाउन यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास मैले लिएको छु ।’

    सभापति देउवाले नेपाली महिलाको हक, अधिकार संविधानमा नै स्थापित गराउने काममा स्व. मंग्लादेवी सिंहले खेल्नुभएको भूमिका महत्वपूर्ण रहेको स्मरण गरे ।

    पूर्वप्रधानमन्त्री देउवाले समावेशी, समानुपातिक र महिला, हक अधिकारको दृष्टिले नेपालको संविधान विश्वकै संविधानमध्येको उत्कृष्ट दस्तावेजका रुपमा रहेको बताए ।

    सभापति देउवाले कांग्रेसले संविधानअनुसार महिलालगायत सबै समुदायको प्रतिनिधित्वलाई सुनिश्चित गराउने काम गरेको उल्लेख गरे ।

    कांग्रेसका नेता प्रकाशमान सिंहले महिलाको हकअधिकार, सम्मान र प्रजातन्त्र स्थापनाका लागि मंगलादेवी सिंहले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए ।

    उनले भने, ‘महिलालाई आर्थिक सबलीकरण बनाउनका लागि स्व सिंहको योगदान महत्वपूर्ण छ  । बोलेको कुरा पूरा गर्ने व्यक्ति मङ्गलादेवी सिंह हुनुहुन्थ्यो ।’

    कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्यायले महिलाको हकअधिकारको स्थापनाका लागि स्व सिंहले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए ।

    कांग्रेस काठमाडौंका सभापति सबुज कृष्ण बानियाँले महिला स्वतन्त्रताका लागि अडिग भएर लड्ने व्यक्ति मंगलादेवी सिंह भएको बताए ।

    नेपाल महिला संघकी अध्यक्ष उषा राउत मिश्राले मंगलादेवी सिंहले महिला अधिकारका सवालमा देखेको सपना पूरा गर्न महिला संघ लागिरहेको बताइन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij