Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

ट्राफिकले चोरी भएका मोटसाइकल बरामद गरी धनीलाई बुझायो 

ट्राफिकले चोरी भएका मोटसाइकल बरामद गरी धनीलाई बुझायो 

  • 586
    SHARES
  • ट्राफिकले चोरी भएका मोटसाइकल बरामद गरी धनीलाई बुझायो 

    काठमाडौं । ट्राफिक प्रहरी महाशाखाले बिभिन्न स्थानबाट हराएर फेला पारेका ३३ वटा मोटरसाइकल मंगलबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । 

    महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले हराएर फेला परेको २३ वटा मोटरसाइकल र १० वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् । 

    एसएसपी भट्टराईले निषेधाज्ञा जारी भएकै बेलामा पनि सूचना संकलन गरेर चोरी भएका मोटरसाइकल बरामद गरिएको बताए ।  ‘चोरीमा संलग्न पनि पक्राउ परेका छन्, भट्टराईले भने, ‘मोटरसाइकल चोरीमा संलग्नलाई आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी वृत्तमा पठाइएको छ ।’

    traffic3.jpg

    पछिल्लो समय चोरी भएका अधिकांश मोटरसाइकलहरू बजाज कम्पनीको पल्सर र हिरो होण्डा कम्पनीका रहेको महाशाखाले जनाएको छ । यस आर्थिक वर्षमा मात्रै हराएका ४१३ वटा मोटरसाइकल खोजतलास गरी धनीलाई बुझाइएको र चोरीमा संलग्न ५१ जनालाई विभिन्न स्थानहरुबाट पक्राउ गरी कारबाहीका लागि सम्बन्धित प्रहरी वृत्तमा पठाइएको महाशाखाले जनाएको छ । 

    traffic.jpg

     

     

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij