वेबटिभी खबर
काठमाडौं । बर्दिया जिल्लाको बढैयाताल गाँउपालिका–२ स्थित सीमा इलाकाबाट करिब ६ किलो लागुऔषध चरेस जस्तो पदार्थसहित एक महिलालाई सशस्त्र प्रहरीले सोमबार नियन्त्रणमा लिएको छ ।
दाङ जिल्लाको लमही नगरपालिका–१ बस्ने ४५ वर्षीया आशा राईलाई उक्त सामान बोकेर नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा बोर्डर आउट पोस्ट (बीओपी) फुटाहा बर्दियाले नियन्त्रणमा लिएको हो । १२ वटा ठूलो प्याकेट भित्र ससाना २२ वटा प्याकेट बनाइ शरीरमा बाँधेर भारततर्फ जाँदै गर्दा शंका लागेर सशस्त्र प्रहरीले जाँच गरेको थियो ।
उनलाई बरामद सामानसहित आवश्यक अनुसन्धान र कारबाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij