Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

तनहुँमा आठ फिट लामो अजिंगरको उद्धार

तनहुँमा आठ फिट लामो अजिंगरको उद्धार

  • 175
    SHARES
  • तनहुँमा आठ फिट लामो अजिंगरको उद्धार

    तनहुँ । तनहुँको व्यास नगरपालिका-१३ बेलबासमा आठ फिट लामो अजिंगरको आज उद्धार गरिएको छ । डिभिजन वन कार्यालय तनहुँका कर्मचारीको सहयोगमा अजिङ्गरको उद्धार गरिएको हो ।

    उक्त ठाउँमा केही समय पहिलादेखि अजिङ्गर देखिन थालेको स्थानीयबासी मेघनाथ आचार्यले जानकारी दिए । अजिंगर घाइते अवस्थामा रहेकोले उद्धार पश्चात डिभिजन वन कार्यालयमा सुरक्षित राखिएको डिभिजन वन कार्यालयका कर्मचारी अर्जुनकुमार श्रेष्ठले जानकारी दिए ।

    उद्धार गरिएको अजिंगरलाई सुरक्षित रुपमा सामुदायिक वनमा छाडिने बताइएको छ । ‘स्थानीयबासीले केही समय पहिलादेखि उक्त अजिङ्गर यस क्षेत्रमा देखिएको जानकारी दिनुभएको थियो’, वन कार्यालयका कर्मचारी श्रेष्ठले भने, ‘आज पनि देखिनेबित्तिकै खबर गरेपछि हामीले उद्धार गरेर ल्याएका छौँ ।’

  • सम्बन्धित विषय:

  • # तनहुँ

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij