वेबटिभी खबर
काठमाडौं । उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले नेपाली विशेषतामा आधारित रहेर समाजवादको निर्माण गर्नुपर्नेमा जोड दिएका छन ।
समाजवादी मोर्चाले आज आयोजना गरेको ‘नेपाली विशेषताको समाजवाद विषयक अन्तरक्रिया’मा उनले असमानता, विभेद्लाई अन्त्य गर्दै आर्थिक विकास र समृद्धिलाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाउनैपर्ने बताएका हुन ।
उनले वर्तमान सरकारले सुशासनलाई प्रमुख प्राथमिकतामा राखेको बताए । वर्तमान शासनप्रणाली र निर्वाचन प्रणालीको परिवर्तन नगरी समाजवाद स्थापना हुन नसक्ने उल्लेख गर्दै उपप्रधानमन्त्री यादवले त्यसका लागि सबै तयार हुनुपर्नेमा जोड दिए ।
संघीयतालाई सबल बनाउन पनि सुधार जरुरी रहेको उनको कथन छ । जातीय, धार्मिक, समाजिक विभेद्लाई अन्त्य नगरिकन सामाजिक न्यायसमेत प्राप्त नहुने र समाजवाद समेत प्राप्त नहुने मन्त्री यादवले स्पष्ट पारे ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij