Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

बाग्मतीका नवनियुक्त मन्त्रीले शपथ लिए

बाग्मतीका नवनियुक्त मन्त्रीले शपथ लिए

  • 133
    SHARES
  • बाग्मतीका नवनियुक्त मन्त्रीले शपथ लिए

    मकवानपुर । बाग्मती प्रदेशका नवनियुक्त चार  मन्त्रीहरूले पद तथा गोपानीयताको शपथ लिएका छन् ।

    प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त मन्त्रीहरू केशवप्रसाद पोखरेल, रामेश्वर श्रेष्ठ, एकालाल श्रेष्ठ र प्रकाश श्रेष्ठलाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

    मुख्यमन्त्री जम्कट्टेलले मौजुदा मन्त्रिपरिषद्मा हेरफेर गरी चार जना मन्त्री समावेश गराएका थिए ।

    मुख्यमन्त्रीको सिफारिसअनुसार प्रदेश प्रमुख शर्माले बाग्मती प्रदेशसभा सदस्य केशवप्रसाद पोखरेललाई वन तथा वातावरण मन्त्रालय, रामेश्वर श्रेष्ठलाई स्वास्थ्य मन्त्रालय, एकालाल श्रेष्ठलाई खानेपानी, सिँचाइ तथा उर्जा र प्रकाश श्रेष्ठलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

    यसैबीच प्रदेश प्रमुख शर्माले नेकपा एकीकृत समाजवादीका तर्फबाट रमा आले मगरलाई विना विभागीय मन्त्रीमा शपथ ग्रहण गराएका छन् ।

  • सम्बन्धित विषय:

  • # शपथ

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij