एजेन्सी
नयाँ दिल्ली । दक्षिणी भारतीय राज्य तेलंगनाको एउटा औषधि कम्पनीमा बिस्फोट हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । अन्य १६ जना घाइते भएको बिहीबार प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार तेलंगना राज्यको संगारेड्डी जिल्ला चन्दापुर गाउँस्थित कम्पनीभित्र बुधबार साँझ बिस्फोट भएको थियो ।
औषधि कम्पनी एसबी अर्गानिक्स प्राइभेट लिमिटेडमा बिस्फोट भई आगलागी हुँदा औषधि कम्पनीका सह–निर्देशक सहित पाँच जना कर्मचारीको मृत्यु भएको तथा अन्य १६ जना घाइते भएको प्रहरी अधिकारीले बताएका छन् ।
घटनापछि आगलागी नियन्त्रणमा लिन अग्नि नियन्त्रक र उद्धारकर्मीहरू घटनास्थलमा पुगेका थिए भने घाइतेहरूलाई अस्पताल लगिएको थियो ।
प्रारम्भिक अनुसन्धानले कारखानाभित्रको केमिकल रिएक्टर बिस्फोट भई आगलागी भएको अनुमान गरिएकोे छ ।
प्रहरीका अनुसार बिस्फोटको प्रभावले औद्योगिक परिसरको एउटा भवन ढलेको थियो । भारतमा औद्योगिक सुरक्षा मापदण्ड पालनामा बेवास्ता गर्नेक्रम बढेसँगै कारखानामा बिस्फोटका घटना बढ्न थालेको पाइएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij