Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

बाग्मती नगरपालिकाका प्रमुख थापाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

बाग्मती नगरपालिकाका प्रमुख थापाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

  • 112
    SHARES
  • बाग्मती नगरपालिकाका प्रमुख थापाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बाग्मती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । नगर प्रमुख थापाले स्रोत नखुलेको गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा आयोगले मुद्दा दायर गरेको हो ।

    प्रमुख थापाले गैरकानुनीरुपमा पाँच करोड ३३ लाख ५३ हजार एक सय ७९ सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

    नगर प्रमुख थापाले २०७४ असोजदेखि २०७९ माघसम्ममा सात करोड ८६ लाख ५० हजार अवैध तरिकाले कूल आम्दानी गरेको र यही अवधिमा १३ करोड २० लगानी तथा खर्च गरेको अख्तियारको भनाइ छ । कूल आय तथा लगानी र खर्चबीचको तादाम्यता नमिलेको पाँच करोड ३३ लाख ५३ हजार एक सय ७९  अवैध तरिकाले आम्दानी गरेको अख्तियारका दाबी छ । 

    यसैगरी आयोगले नगर प्रमुख थापाले श्रीमती रेश्मीकुमारी घिमिरे थापा, भाइ रामकुमार थापा र भाइबुहारी द्वारिका राउतका नाममा खरिद गरिएका घरजग्गा, विभिन्न कम्पनीमा गरेको लगानी, शेयर खरिद, जीवन बीमा प्रिमियम भुक्तानीमा भ्रष्टाचार गरेको रकम खर्च भएको उल्लेख गरेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij