Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

बाग्मती प्रदेश : विषयगत संसदीय समितिले नेतृत्व पाउँदै

बाग्मती प्रदेश : विषयगत संसदीय समितिले नेतृत्व पाउँदै

  • 101
    SHARES
  • बाग्मती प्रदेश : विषयगत संसदीय समितिले नेतृत्व पाउँदै

    हेटौँडा । बाग्मती प्रदेशसभा अन्तर्गतका पाँच वटा विषयगत संसदीय समितिको सभापति चयनको तयारी गरिएको छ ।

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलका मुख्य सचेतक रत्नप्रसाद ढकालले प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै डेढवर्षमा दलहरुबीच सहमति भएपछि सभापति चयनको तयारी गरिएको हो । संसदीय समिति चयनको जिम्मेवारी सभामुखको भए पनि प्रदेशसभामा रहेका दलहरुबीच सहमति नहुँदा सभापति चयन हुन सकेको थिएन ।

    प्रदेश सभामा प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखासमिति, शिक्षा समिति, स्वास्थ्य तथा कृषि समिति र उद्योग, पर्यटन तथा वातावरण समिति छन । हाल समितिका बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा सञ्चालन भइरहेको छ ।

    प्रदेश सभाका पाँचवटा समितिमा सबै दलको प्रतिनिधित्व हुने गरी कूल ९६ जना सांसदलाई समितिको सदस्य बनाइएको छ । जसअनुसार चार वटा समितिमा १९ जना र एउटा समितिमा २० सदस्य छन ।

    हालसम्म सञ्चालित बैठकहरुमा प्रदेश मामिला समितिमा नेपाली कांग्रेसका शिवराज अधिकारी, अर्थ तथा विकास समितिमा माओवादी केन्द्रका रामप्रसाद ढुंगाना, सार्वजनिक लेखा समितिमा माओवादी केन्द्रका ठाकुरप्रसाद ढकालले अध्यक्षता गरिरहेका छन ।

    यस्तै शिक्षा स्वास्थ्य तथा कृषि समितिमा कांग्रेसकी मीनाकुमारी पराजुली पोखरेल र उद्योग, पर्यटन तथा वातावरण समितिमा कांग्रेसकी याङकिला शेर्पाले अध्यक्षता गरेकी छन । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij