Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

अनुदान पाएपछि किसान व्यावसायिक बाख्रापालनतर्फ उन्मुख

अनुदान पाएपछि किसान व्यावसायिक बाख्रापालनतर्फ उन्मुख

  • 838
    SHARES
  • अनुदान पाएपछि किसान व्यावसायिक बाख्रापालनतर्फ उन्मुख

    कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-७ सिमलफाँटाका किसान व्यावसायिक बाख्रापालन व्यवसायतर्फ उन्मुख भएका छन् । प्रधानमन्त्री आधुनिकीकरण परियोजनाअन्तर्गत बाख्राको साना व्यवसाय कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रमअन्तर्गत मध्यवर्ती युवा बाख्रापालन समूहमा आबद्ध किसानलाई अनुदान रकम उपलब्ध गराई व्यावसायिक बाख्रापालन व्यवसायतर्फ उन्मुख गराइएको छ ।

    व्यावसायिकरूपमा बाख्रापालनका लागि परियोजनाले रु १५ लाख २२ हजार १५० र समूहमा आबद्ध किसानले रु १४ लाख ७० हजार ५० रकम बेहोर्ने सम्झौता गरिएको छ । कार्यक्रमको कूल लागत रु ३० लाख रहेको छ । समूहमा आबद्ध २४ परिवारले गरेको बाख्रापालनबाट ११५ जना लाभान्वित भएका छन् । नगरपालिकाका पशु शाखा प्रमुख रामप्रसाद भट्टले खरी, जमुनापारी, बोयर क्रस, वारवरी, विटल, सिरोही, जमुनापारी क्रस जातका बाख्रा वितरण गरिएको जानकारी दिए । 

    'व्यावसायिकरूपमा बाख्रापालनको कार्यमा संलग्न किसानलाई आधुनिक तरिकाले बाख्रापालन गर्ने तौरतरिकाबारे तालिमका माध्यमबाट जानकारी दिनका लागि कार्य अगाडि बढाइएको छ', उनले भने, 'खोर व्यवस्थापनदेखि आन्तरिक र बाह्य परजीवी नियन्त्रणका लागि किसानलाई सुसूचित गर्दैछौँ ।'

    बाख्रालाई सन्तुलित आहारको व्यवस्थाका लागि समेत किसानलाई जानकारी दिने गरिएको उनले बताए ।  बाख्राका लागि आवश्यक पर्ने डालेघाँस र अन्य पोषणयुक्त घाँसका बिरुवा लगाउनका लागि गाउँ नजिकैको सार्वजनिक नदी तटीय क्षेत्रको जग्गालाई छनोट गरिएको वडाध्यक्ष जगतबहादुर सिंहले बताए । नदी तटीय क्षेत्रमा झण्डै २० बिघा क्षेत्रफलमा तारबार गरी घाँस रोप्ने कार्यलाई केही दिनभित्रै सुरु गरिने उनको भनाइ छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij