वेबटिभी खबर
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का नेता झलनाथ खनालबीच मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा सुदूरपश्चिम सरकार गठन र एकीकृत समाजवादीको भूमिका तथा अन्य राजनीतिक विषयमा छलफल भएको थियो ।
प्रधानमन्त्री दाहालका प्रेस विज्ञ मनोहरि तिमिल्सनाले उनीहरुबीच पछिल्लो राजनीतिक गतिविधिका विषयमा छलफल भएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij