काठमाडाैं । बुधबार देशभर २ हजार ९७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयकाअनुसार ७ हजार ८३५ पीसीआर नमुना परीक्षण गर्दा २ हजार ७७ र ४ हजार ६३ जनाको एन्टीजेन परीक्षण गर्दा ९०२ संख्यामा संक्रमण पुष्टि भएको हो ।
आज १,३३३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने २८ जनाको संक्रमणका कारणले निधन भएको छ । हालसम्म नेपालमा ६ लाख ९० हजार ९७४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।
यससँगै ६ लाख १४ हजार ३२७ जनामा संक्रमणमुक्त भएका छन् भने ९ हजार २९१ जनाको संक्रमणका कारणले दुःखद् निधन भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology