Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

वनबाट फैलिएको आगोले एक वृद्धको मृत्यु, तीन घर नष्ट

वनबाट फैलिएको आगोले एक वृद्धको मृत्यु, तीन घर नष्ट

  • 188
    SHARES
  • वनबाट फैलिएको आगोले एक वृद्धको मृत्यु, तीन घर नष्ट

    रुकुमपश्चिम । रूकुम पश्चिमको बाँफिकोट गाउँपालिका–३ मा आगलागी हुँदा एकको मृत्यु भएको छ ।

    ढारपाखा सामुदायिक वनमाथिको भोट्नेगारेबाट फैलिएको आगो नेपाने टोलमा पस्दा ७० वर्षीया बुदी कामीको मृत्यु भएको छ । तीनवटा घर जलेर नष्ट भएका छन् ।

    आज दिउँसो पौने २ बजेतिर ढारपाखा सामुदायिक वनमा लागेको आगो गाउँमा पस्दा नेपाले टोलका युवराज विक, अन्नते सार्की र वुदी कामीको घर जलेर नष्ट भएको हो ।

    ७० वर्षीया कामीको घरबाट सामान निकाल्ने क्रममा आगोले जलेर मृत्यु भएको वडाअध्यक्ष तिलवीर केसीले राससलाई जानकारी दिए ।

    उनका अनुसार विक र सार्कीको एक–एकतले घर र कामीको दुईतले खरले छाएको घर जलेर नष्ट भएका छन् । घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडावर्तन समेत जलेर नष्ट भएको वडाअध्यक्ष केसीले जानकारी दिए । 

    ढारपाखा सामुदायिक वनबाट सुरु भएको आगो अहिले भित्रीखोला सामुदायिक वन, साईकुमारी सामुदायिक वनमा फैलिएको छ ।

    स्थानीय वन समूह, इलाका प्रहरी कार्यालय बाँफिकोट र जनप्रतिनिधिको समूहले वनमा लागेको आगो नियन्त्रणमा ल्याउने प्रयास गरिरहेको वडाअध्यक्ष केसीले जानकारी दिए ।

    आगो नियन्त्रणमा आएपछि मात्र क्षतिको विवरण संकलन हुने उहाँले जानकारी दिनुभयो । आगलागीका कारण भने खुलेको छैन ।

    दिन प्रतिदिन रूकुम पश्चिममा आगलागीका घटना बढ्दै गएका छन् । 

  • सम्बन्धित विषय:

  • # वृद्ध

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij