Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

दुई हेलिकप्टर आकासमै जुध्दा १० जनाको मृत्यु 

दुई हेलिकप्टर आकासमै जुध्दा १० जनाको मृत्यु 

  • 156
    SHARES
  • दुई हेलिकप्टर आकासमै जुध्दा १० जनाको मृत्यु 

    मलेसिया । मलेसियाली नौसेनाका दुई वटा हेलिकप्टर मंगलबार रोयल मलेसियन नेवी परेडको पूर्वाभ्यासका क्रममा आकाशमै ठोक्किँदा १० जनाको मृत्यु भएको नौसेनाले विज्ञप्तिमार्फत जनाएको छ ।

    रोयल मलेसियन नेवी परेड रिहर्सलको क्रममा धेरै हेलिकप्टरहरू उडिरहेका थिए, जसमध्ये दुई एक्कासि धेरै नजिक आए र एउटा दुखद दुर्घटना भयो।

    दुर्घटना हुनुअघि हेलिकप्टरहरू उत्तरी पेराक राज्यको नौसेना आधारमा अर्को महिना नौसेनाको ९० औँ वार्षिकोत्सव मनाउन प्रशिक्षण गरिरहेका थिए । 

    सबै यात्रुको घटनास्थलमै मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन् । शव पहिचानका लागि अस्पताल पठाइएको छ ।

  • सम्बन्धित विषय:

  • # हेलिकप्टर

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij