Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

महोत्तरीका वनक्षेत्रमा फेरि डढेलो

महोत्तरीका वनक्षेत्रमा फेरि डढेलो

  • 121
    SHARES
  • महोत्तरीका वनक्षेत्रमा फेरि डढेलो

    महोत्तरी । महोत्तरीका वनक्षेत्रमा फेरि वन डढेलोका घटना बढ्न थालेका छन । गत चैत दोस्रो साताको वर्षाले वन डढेलो निभ्नुका साथै पातपतिङ्गर भिजेका कारण केही समयसम्म डढेलोका घटनामा कमी आए पनि चर्को गर्मी बढेसँगै फेरि डढेलोका घटना बढ्न थालेका हुन ।

    अहिले पूर्वपश्चिम राजमार्गपर्ने जिल्लाको १८ किलोमिटर दूरीको दायाँबायाँ क्षेत्रमा जताततै धुवाँको मुस्लो देखिन्छ । चैत दोस्रो साताअघिसम्म राजमार्गको दक्षिणतर्फ बढी देखिने डढेलो अहिले भने उत्तरतर्फको राष्ट्रिय वनक्षेत्रमा पनि फैलिएको स्थानीयले बताएका छन ।

    बर्दिबास नगरपालिका–१० खयरमाराका प्रेमध्वज लामाले सर्लाहीसँग जोडिएको बाँके नदीवारीको राष्ट्रिय वनक्षेत्रमा पछिल्ला तीन दिनयता बढेको डढेलोले नजिकका बस्तीसमेत जोखिममा बताए । पछिल्ला तीन दिनयता सागरनाथ वन विकास परियोजनाको बर्दिवास–८ हात्तीलेट प्लट र राष्ट्रिय वनक्षेत्रको बाँके जंगलमा डढेलो बढेको उनले जानकारी दिए ।

    ‘बस्ती नजिकैको वनमा डढेलो छ, जतिखेर पनि आगोको लप्काले भेटाउँछ कि भन्ने त्रास छ । त्यसैले केही दिनदेखि निदाउन पनि सकिएको छैन’, लामाले भने, ‘राजमार्ग उत्तर र दक्षिण दुवैतर्फ गरी वनसँग जोडिएका २० भन्दाबढी बस्तीका बासिन्दा अहिले त्रासमा छौँ ।’

    वन डढेलो बस्तीमा पस्नेमात्रै होइन नीलगाई, दुम्सी र हरिणसहितका वन्यजन्तु बस्तीमा पसेपछि दोहोरो त्रास बढेको बदिवास–१ की गृहिणी दीपा काफ्लेको भनाइ छ । ‘वन क्षेत्र नजिकका बस्तीमा बाँदरको आतंक बढेपछि खेतबारीको अन्नपात, घर र आँगनका थाङ्रामा राखिएका मकै तथा अन्य खानेकुरा जोगाउनै हैरान छ । अन्य वन्यजन्तुले पनि त्यस्तै दुःख दिएका छन्’, काफ्लेले भनिन् ।

    डिभिजन वन कार्यालय महोत्तरीका वन अधिकृत सन्तोष झाले वन क्षेत्रमा लागेको डढेलो नियन्त्रण र त्यसको जोखम बस्तीमा पर्न नदिन प्रयत्न गरिरहेका बताए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij