Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

आगलागीबाट ५ घर र २ गोठ खरानी, एक किशोर घाइते

आगलागीबाट ५ घर र २ गोठ खरानी, एक किशोर घाइते

  • 135
    SHARES
  • आगलागीबाट ५ घर र २ गोठ खरानी, एक किशोर घाइते

    सर्लाही । सर्लाहीको हरिपूर्वा नगरपालिका-५, धोबियाही टोलमा आज दिउँसो आगलागी हुँदा ५ घर र २ गोठ जलेर नष्ट भएका छन् ।

    गिरधारी यादव, शिवधारी यादव, सेतन बैठा, सुरेश बैठा र कविता बैठाको घर पूर्णरुपमा जलेर नष्ट भएको हो । त्यस्तै कपिलेश्वर यादव र किशोरी बैठाको गोठ जलेर नष्ट भएको छ ।

    आगो निभाउने क्रममा कपिलेश्वर यादवका छोरा १७ वर्षीय रवि यादव सामान्य घाइते भएका छन् । उनको गालाको केही भागमा आगोले पोलेर घाउ भएको छ ।

    आज दिउँसो ३ बजेपछि सुरु भएको आगलागी करिब १ घण्टापछि नियन्त्रणमा आएको छ । सर्लाही प्रहरीले आगलागीको विवरण संकलन भइरहेको जनाएको छ ।

    आगलागी हुनासाथ स्थानीयवासी र प्रहरी नियन्त्रणमा खटिएका थिए । साथमा हरिवन नगरपालिकासहित महोत्तरीको रामगोपालपुर र सम्सीबाट आएको दमकलको सहायतामा आगलागी पूर्णरुपमा नियन्त्रणमा आएको सर्लाहीका प्रहरी उपरीक्षक हरिहरनाथ योगीले बताए ।

    एसपी योगीका अनुसार आगलागीको कारण खुलेको छैन् ।

  • सम्बन्धित विषय:

  • # आगलागी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij