मुकेश झा
सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका ४ मा बन्दै गरेको रेल्वे ट्रयाकमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
पश्चिमबीट पूर्वतर्फ जॉदै गर्को ज ११ प ७५४८ नम्वरको मोटरसाइकल निर्माणाधीन रेल्वे ट्रयाकबाट तल खसेको थियो । दुर्घटनामा परेर मोटरसाइकल चालक लालबन्दी नगरपालिका ३ जब्दीका ५० वर्षीय राजकुमार चौधरीको मृत्यु भएको हो ।
राति मोटरसाइकल पल्टिएको र चालक लडिरहेको देखेपछि एक जना स्थानीयले उद्धार गरी लालबन्दीको मोडेल अस्पताल लगेका थिए ।
अस्पताल ल्याएपछि चौधरीलाई चिकित्सकले मृत घोषणा गरेका इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक हरिबोल केसीले बताए ।
इन्स्पेक्टर केसीका अनुसार मृतक चौधरीको शव पोष्टमार्टमका लागि राति नै प्रादेशिक अस्पताल मलंगवा लगेर राखिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij