Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

हावाहुरीका कारण ४० परिवारका घरमा क्षति

हावाहुरीका कारण ४० परिवारका घरमा क्षति

  • 81
    SHARES
  • हावाहुरीका कारण ४० परिवारका घरमा क्षति

    बाजुरा । आज यहाँ आएको हावाहुरीका कारण ठूलो क्षति भएको छ ।

    गौमुल गाउँपालिका-६ सालिकोटका बाढीपहिरो र भूकम्प प्रभावितले निर्माण गरेका घरको जस्तापाता आज दिउँसो साढ एक बजे आसपासमा आएको हावाहुरीले उडाउँदा ठूलो क्षति पुगेको वडा नम्बर ६ का सदस्य कलक चदाराले जानकारी दिए ।

    संघ, प्रदेश र स्थानीय सरकारको सहयोगमा निर्माण गरिएका घरका जस्तापाता हावाहुरीले उडाएपछि बस्नयोग्न नभएको वडा सदस्य चदाराले बताए ।

    बाढीपहिरो र भूकम्प प्रभावित ४० परिवारले निर्माण गरेका टहराको जस्तापाता उडाएपछि थप समस्या भएको वडा सदस्य चदाराले बताए ।

    घर निर्माण भएको एक महिना बित्न नपाउँदै हावाहुरीले घरको जस्तापाता उडाएर पाँच सय मिटर तल लिएपछि घरभित्र बस्नलाई समस्या भएको पीडित तिलक  विकले जानकारी दिए । आधाघण्टा बढी समय चलेको हावाहुरीले सालीकोटका स्थानीयका घरका टिन नै उडाएको छ ।

  • सम्बन्धित विषय:

  • # हावाहुरी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij