Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

संखुवासभामा आगलागीबाट १९ लाख बढीको क्षति

संखुवासभामा आगलागीबाट १९ लाख बढीको क्षति

  • 97
    SHARES
  • संखुवासभामा आगलागीबाट १९ लाख बढीको क्षति

    संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका र मकालु गाउँपालिकामा भएका आगलागीबाट रु १९ लाख बढीको क्षति भएको छ ।

    शुक्रबार राती मकालु गाउँपालिका-५ खोकताक र चैनपुर नगरपालिका-२ तिखिढुङ्गामा भएका आगलागीबाट १९ लाखको क्षति भएका जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।  


    शुक्रबार राति विद्युत् सट भई आगलागी हुँदा खोकताकमा स्थानीय भीमबहादुर तामाङ्को घर जल्दा रु ११ लाखभन्दा बढीको क्षति भएको मकालु-५ का वडाध्यक्ष योगराज राईले जानकारी दिए ।

    आगलागीबाट तामाङको घरमा भएका सुनचादी, भाँडाकुँडा, खाद्यान्न, लत्ताकपडासहितका सम्पूर्ण सामान नष्ट भएका र तामाङकी श्रीमती भीममाया तामाङ गम्भीर घाइते भएकी उनले बताए ।

    त्यसैगरी चैनपुर नगरपालिका-२ तिखिढुङ्गामा स्थानीय झलकबहादुर अधिकारीको घर जलेर रु आठ लाखभन्दा बढीको क्षति भएको प्रहरी निरीक्षक अशोक जबेगुले जानकारी दिए ।

    आगलागीबाट अधिकारीको घरमा भएका खाद्यान्न, लत्ताकपडासहित सम्पूर्ण सामान नष्ट भएको उनले बताए । केही दिनयता भएका आगलागीबाट मकालु गाउँपालिका-४ र वडा नं ५ मा चारवटा घर जलेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij