Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

निर्णायक तहमा महिलालाई नपुर्याएसम्म महिलाको योगदानको कदर हुन सक्दैनः डा.डिला संग्रौला

निर्णायक तहमा महिलालाई नपुर्याएसम्म महिलाको योगदानको कदर हुन सक्दैनः डा.डिला संग्रौला

  • 1.4K
    SHARES
  • निर्णायक तहमा महिलालाई नपुर्याएसम्म महिलाको योगदानको कदर हुन सक्दैनः डा.डिला संग्रौला

    काठमाडौं । नेपाली कांग्रेसकी नेतृ डा.डिला संग्रौलाले पार्टीका सबै संरचनामा महिलाको प्रतिनिधित्व निर्णायक बनाउन माग गरेकी छिन् । १४ औं महाधिवेशनका लागि साढे आठ लाख क्रियाशील सदस्यमा एक चौथाइ पनि महिला नपुगेको भन्दै डा.संग्रौलाले निर्णायक तहमा महिलाको प्रतिनिधित्व गराउने माग गरेकी हुन् । आधाभन्दा बढी जनसंख्या ओगटेका महिलाको प्रतिनिधित्व राज्य र पार्टीका विभिन्न निकायमा ३३ प्रतिशत बनाउने भनिए पनि व्यवहारमा कार्यान्वयन नभएको उनकाे भनाइ छ । 

    ‘आधा आकाशभन्दा बढी जनसंख्या ओगटेको महिलालाई राज्य र पार्टीका विभिन्न निकायहरुमा प्रतिनिधित्व गराउने संवैधानिक व्यवस्था गरे पनि व्यबहारमा लागू भने अझै हुन सकेको छैन । ३३ प्रतिशत महिलाहरुको प्रतिनिधित्व गर्ने भनिए पनि निर्णायक तहमा महिलाको उपस्थिति भने ज्यादै नगन्य छ,’ बिहीबार उनले भनिन्, ‘नेपाली कांग्रेसको विधानमा सबै तह र संरचनामा केही हदसम्म प्रतिनिधित्व गराए पनि निर्णायक तहमा जबसम्म महिलालाई पुर्याउन सकिदैन तबसम्म महिलाको योगदानको कदर हुन सक्दैन । आउँदो नेपाली कांग्रेसको १४ औं अधिवेशनमा करिब साढे आठलाख क्रियाशील सदस्य भएको जानकारी प्राप्त भएको छ । त्यसमा एक चौथाई पनि महिलाको उपस्थिति नभएको अवस्था छ ।’ 

    २३ प्रतिशत महिलाले मात्र क्रियाशील सदस्यता प्राप्त गरि बुथ समितिदेखि केन्द्रसम्म प्रतिस्पर्धी गर्नु पर्ने अवस्था सृजना भएको उनको भनाइ छ । ‘हाम्रो जगलाइ अझै सुधार गर्न सकेका छैनौं । जे जस्तो अवस्थामा हामी  छौ त्यसबाट महिला बिचमा एकता ल्याइ आउँदो अधिवेशनबाट सबै संरचनामा महिलालाई निर्णायक तहमा पुर्याऔं,’ उनले भनेकी छिन् ।    

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij