Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

इलाम उपनिर्वाचनको मतगणना सुरु

इलाम उपनिर्वाचनको मतगणना सुरु

  • 119
    SHARES
  • इलाम उपनिर्वाचनको मतगणना सुरु

    इलाम । इलाम क्षेत्र नं २ मा शनिबार सम्पन्न प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना सुरु भएको छ ।

    विहान ११ बजेदेखि मतगणना सुरु गर्ने सर्वदलीय निर्णय भएपनि करिब एक घण्टा ढिला गरी मतगणना सुरु भएको हो । इलाम नगरपालिका–७ स्थित गौतम बुद्ध सभागृहका छुट्टाछुट्टै दुई स्थानमा मतगणना सुरु भएको हो ।

    यहाँका छ वटा पालिकामध्ये फाककफोकथुम गाउँपालिकाको मतपत्रबाट गणना सुरु भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए । त्यसपछि क्रमशः चुलाचुली र माङसेबुङ गाउँपालिका, माई, देउमाई र इलाम नगरपालिकाको मतपत्र गणना गरिने उनले बताए ।

    सोमबार साँझसम्ममा अन्तिम मतपरिणाम आउने सम्भावना रहेको छ । मतपरिणाम एक घण्टाको फरकमा सार्वजनिक गरिने मुख्य निर्वाचन अधिकृत घिमिरेको भनाइ छ । मतगणनास्थल सिटी हलमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । मतगणना स्थलमा ११ वटा सिसी क्यामरा जडान गरिएको तथा भीडभाड हुन नदिन चोक बजारमा डिस्प्लेमार्फत मतगणनाको अपडेट गरिनेछ ।

    कूल ५९ दशमलव ७९ प्रतिशत मत खसेको उपनिर्वाचनमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए । उपनिर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्र गरी १९ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij