Logo

२०८१, बैशाख ५ गते बुधवार

२०८१, बैशाख ५ गते बुधवार

एमाले विवाद समाधानको मियो बन्दै कार्यदल, तीन महिनामा सहमतिनजिक

एमाले विवाद समाधानको मियो बन्दै कार्यदल, तीन महिनामा सहमतिनजिक

  • 1.1K
    SHARES
  • एमाले विवाद समाधानको मियो बन्दै कार्यदल, तीन महिनामा सहमतिनजिक

    काठमाडौं । नेकपा एमालेको विवाद समाधानका लागि बनेको कार्यदल पार्टीको विवाद मिलाउन सफलप्रायः देखिएको छ । नेतृत्वबीच पार्टी विवाद उत्कर्षमा पुगेको बेला दोस्रो तहका नेताहरू सम्मिलित कार्यदलमा रहेर एकता सम्वादमा सक्रिय बनेका हुन् ।

    images

    ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपाका कार्यकारी अध्यक्ष पुष्ष्पकमल दाहाल (प्रचण्ड), वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपालसहित स्थायी र केन्द्रीय कमिटीका सदस्यहरू नेकपाबाट बाहिरिँदै ओलीको सो कदमविरुद्धमा उत्रिए ।

    एमाले अध्यक्षसमेत रहेका ओली र प्रचण्ड-नेपालले नेतृत्व गरिरहेको विपक्षी समूह त्यसबेला आधिकारिक नेकपा आफूहरू भएको भन्दै निर्वाचन आयोग धाउने मात्र होइन, एकले अर्को पक्षलाई अनधिकृत भन्दै पार्टीमा कित्ताकाटकै अवस्था थियो । तर ओलीको उक्त कदमलाई ११ फागुन ०७७ मा सर्वोच्च अदालतले उल्टाउँदै १३ दिनपछि प्रतिनिधिसभाको बैठक राख्न आदेश दिएपछि प्रचण्ड-नेपालले खुसी साटासाट गरे ।

    २३ फागुन ०७७ मा जव सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषि कट्टेलको रहेको भन्दै ओली र प्रचण्डलाई मिल्ने भए १५ दिनभित्र निर्वाचन आयोगमा दर्ता भएर आउनु भन्ने निर्देशनात्मक आदेश दिएपछि नेकपा २ जेठ ०७५ अर्थात् माओवादी र एमाले एकीकरण नभएकै अवस्थामा पुग्यो ।

    सर्वोच्चको यो फैसलाले एमाले संसदको ठूलो पार्टी त बन्यो नै तर एमालेबाटै चुनाव जितेका नेपालसहित २८ जना सांसद प्रचण्डको कित्तामा थिए, जसले नेपाललाई न माओवादी न एमालेको अवस्थामा पुर्यायो, प्रचण्ड-नेपालको खुसी स्थायी बन्न दिएन ।

    ओली एमालेको अध्यक्ष थिए नै, उनले नेपाललाई 'प्रचण्डको मामुली कार्यकर्ता' भन्दै भाषण गर्दै हिँडेपछि नेपालले पनि ओलीलाई 'नेतृत्व क्षमता नभएको कप्टी र स्वेच्छाचारी शासक' भन्दै आएका थिए । निर्वाचन आयोले अध्यक्षमा स्पष्टता भएको र केन्द्रीय कमिटीमा बहुमत पुगेपछि ओलीपक्षले एमालेको आधिकारिकता पायो, तर सुरुमा २८ सांसदलाई आफ्नो पक्षमा राखेका नेपाल २३ सांसद आफ्नो पक्षमा हुँदासम्म ओलीको कित्तामा उभिन पुगेनन्, न नयाँ दल नै दर्ता गर्न सके ।

    बटम लाइन २ जेठ

    एमालेबाट बाहिरिन पुगेका नेपालले एमालेलाई सर्वोच्चले ब्युँताएपछि २ जेठ ०७५ अर्थात् माओवादीसँग एकतापूर्वकै अवस्थामा हुनुपर्ने अडान राख्दै आएका छन् । केन्द्रीय कमिटीमा बहुमत रहेका ओलीले नेपालको सो अडानलाई वेवास्ता गर्दै आए । तर प्रधानमन्त्रीबाट ओलीलाई हटाउन प्रचण्ड-नेपालसहित पाँच पूर्वप्रधानमन्त्रीसहितको विपक्षी गठबन्धन तयार भयो त्यसपछि ओलीले नेपाललाई आफूतिर ल्याउन चाहे ।

    नेपाल पक्षका २३ सांसद आफूतिर ल्याउन सके विपक्षी गठबन्धनसँग बहुमत नपुग्ने भएपछि ओलीले नेपालसँग वार्ताका लागि २ जेठ ०७८ मा एमाले एकताका लागि कार्यदल गठन गरे । तर नेपालले २ जेठ ०७५ मा एमाले फर्कने बटमलाइन छोडेनन् ।

    एकताको मियो बन्दै कार्यदल

    २ जेठमा सिंहदरबारमा ओली-नेपालबीच बसेको बैठकले आफू पक्षका ५/५ सदस्य राखेर कार्यदल गठन गर्यो । जसमा ओली पक्षबाट सुवास नेम्वाङको संयोजकत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् । कार्यदल गठन भएपछि ४ जेठमा पहिलो बैठक बसेको थियो । रावल र पोखरेल अनुपस्थित उक्त बैठकले कुनै निष्कर्ष निकाल्न सकेन ।

    ६ जेठमा भएको बागमती प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनको उम्मेद्वारी तोक्दा नेपाल र ओली पक्षबीच विवाद थप चर्कियो । ओलीले रामबहादुर थापालाई उम्मेद्वार बनााउँदा नेपालसहित विपक्ष दलले डा.खिमलाल देवकोटालाई उठाएर नेपालले ओलीसँग एकता नुहुने संकेत देखाएका थिए ।
    ६ जेठमै कार्यदलको बैठक बस्ने एमालेले बताएको थियो, तर सो दिन बैठक बस्न सकेन ।

    ७ जेठ मध्यरातमा सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्दै संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्रीमा बहुमत दाबी गरेर आउन सुचित गरेपछि नेपालले विपक्षी दलहरूसँग मिलेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गरे ।

    एमाले सांसदले आफ्नै दलको नेतालाई प्रधानमन्त्रीबाट हटाउन हस्ताक्षर गर्न नसक्ने भन्दै ओलीले नेपालले राष्ट्रपतिलाई बुझाएको हस्ताक्षर कीर्ते भएको दाबी गरेपछि १० जेठमा विपक्षी दलहरू १ सय ४६ सांसदसहित सर्वोच्च अदालत उपस्थित भई सरकारले गरेको प्रतिनिधिसभा विघटन उल्टाउन र देउवालाई प्रधानमन्त्री बनाउन परमादेश माग गर्दै रिट दर्ता गराए ।

    यसपछि ओलीले नेपाललाई एमाले सांसदको हस्ताक्षर सर्वोच्चको रिटबाट फिर्ता लिन दबाब दिए । तर नेपाल पुरानै अडानमा अडिग रहँदै आएका छन् । सोही दिन बसेको एमाले स्थायी समितिको बैठकले नेपालसहित ११ नेतालाई पार्टीबाट निष्काशित गरेपछि कार्यदल प्रधावित बनेको थियो ।

    यसपछि कार्यदलको औपचारिक बैठक नबसे पनि १७ जेठको राति ओली पक्षका नेम्वाङ, पौडेल, ज्ञवाली र नेपाल पक्षका पाण्डे, भुसाल, विष्ट र योगेश भट्टराईबीच याक एण्ड यती होटलमा वार्ता भयो । वार्तामा नेपाल पक्षका नेताले आफूहरूमाथिको कारबाही फुकुवाको माग गरेका थिए ।

    त्यसको भाेलिपल्ट बसेको स्थायी कमिटीको बैठकले कार्यदल निष्क्रिय गरेको प्रवक्तासमेत रहेका ज्ञवालीले जानकारी दिएपछि एकताका लागि औपचारिक बैठकको सम्भावना टरेको थियो । यसपछि २१ जेठमा कार्यदल ब्युँतियो र बैठक बस्यो । बैठकमा एकता प्रयास सहमतिनजिक पुगेको नेताहरूले बताएका छन् ।

    यसपछि मंगलबार र बुधबार पनि कार्यदलको बैठक बसेको छ । बुधबार कार्यदलका नेताले अध्यक्ष ओली र नेपाललाई वार्ता गराएर संयुक्त वक्तव्य निकाल्नेसम्मको सहमति गराएको सुरेन्द्र पाण्डेको भनाइ छ । नेपाल पक्षबाट भीम रावलको संयोजकत्वमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे गोकर्ण विष्ट र रघुजी पन्त छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology