Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

बझाङ उपनिर्वाचन अपडेटः एमालेका भण्डारी नौ मतले अगाडि

बझाङ उपनिर्वाचन अपडेटः एमालेका भण्डारी नौ मतले अगाडि

  • 58
    SHARES
  • बझाङ उपनिर्वाचन अपडेटः एमालेका भण्डारी नौ मतले अगाडि

    बझाङ । बझाङ–१ प्रदेशसभा (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनको जारी मतगणनामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार दमनबहादुर भण्डारीले अग्रता लिएका छन ।

    जयपृथ्वी नगरपालिका, खप्तडछान्ना, छविसपाथिभेरा, सुर्मा, मष्टा, थलारा गाउँपालिका–९ र तलकोट १ र २ को मतगणनापछि कांग्रेसभन्दा एमाले नौ मतले अगाडि देखिएको हो । पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले नौ हजार आठ सय ८०, एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले नौ हजार आठ सय ८९ मत प्राप्त गरेका छन ।

    साथै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार जनकबहादुर बुढाले तीन हजार छ सय ५४, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का दिलबहादुर सिंहले दुई हजार चार ८५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij