Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

धनकौलमा आगलागी हुँदा छिनभरमा जले ७ घर 

धनकौलमा आगलागी हुँदा छिनभरमा जले ७ घर 

  • 560
    SHARES
  • धनकौलमा आगलागी हुँदा छिनभरमा जले ७ घर 

    सर्लाही । सर्लाहीको धनकौल गाउँपालिका–२ मा आगलागी हुँदा ७ घर जलेर खरानी भएको छ ।

    स्थानीय सुरेश मण्डलको घरमा विद्युत् सर्ट भइ सुरु भएको आगलागीले छिमेकका गणेश मण्डल, शिवचन्द्र मण्डल, शंकर मण्डल, रामप्रवेश मण्डल, रामप्रित मण्डल र शिवजी मण्डलको घर जलेर ध्वस्त भएको बरहथवा इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी गौतम थापाले जानकारी दिए । 

    आगलागीका बेला तीव्र गतिमा हावा चलेकाले फुसको छानो भएका घरहरु छिनभरमै जलेर खरानी भएका थिए । प्रत्यक्षदर्शीका अनुसार निभाउने प्रयत्न गर्दागर्दै घरहरु जलेर खरानी भए । 

    आगलागी नियन्त्रण गर्न स्थानीय र सुरक्षाकर्मीले निकै मेहनत गर्नु परेको थियो । आगो अहिले पूर्ण रुपमा निभाइसकिएको स्थानीयले बताए । आगो निभाउन रौतहट सदरमुकाम गौरबाट मगाइएको दमकल बाटैबाट फर्किएको छ । 

  • सम्बन्धित विषय:

  • # आगलागी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij