Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

पशुपतिनाथको जलहरी प्रकरणका तीन जनालाई सफाइ

पशुपतिनाथको जलहरी प्रकरणका तीन जनालाई सफाइ

  • 162
    SHARES
  • पशुपतिनाथको जलहरी प्रकरणका तीन जनालाई सफाइ

    काठमाडौं । विशेष अदालतले पशुपतिनाथको जलहरी प्रकरणमा आरोपित पशुपति क्षेत्र विकास कोषका तत्कालीन कोषाध्यक्ष डा मिलनकुमार थापासहित तीन जनालाई सफाइ दिएको छ ।

    विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले आज तत्कालीन कोषाध्यक्ष डा.थापासहित कोषको तत्कालीन सदस्य सचिव डा.प्रदीप ढकाल र  कोषको स्टोरकिपर अरुणकुमार श्रेष्ठलाई सफाइ हुने ठहर गरेको हो । 

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिमा जलहरी राख्दा सुन हिनामिना गरेको आरोपमा गत असोज १४ गते तीन जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेकोे थियो ।

    अख्तियारले जलहरी राख्ने क्रममा करिब डेढ किलो सुन हिनामिना भएको दाबी गर्दै एक करोड १७ लाख भ्रष्टाचार गरेको आरोप लगाएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij