Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

अमेरिकामा गर्मीका कारण ११६ काे मृत्यु

अमेरिकामा गर्मीका कारण ११६ काे मृत्यु

  • 857
    SHARES
  • अमेरिकामा गर्मीका कारण ११६ काे मृत्यु

    पोर्टल्यान्ड । अमेरिकाको पोर्टल्यान्डस्थित ओेरेगन सहरमा तातो हावाका कारण ज्यान गुमाउनेको संख्या १ सय १६ पुगेको छ । देशको चिकित्सा विशेषज्ञले बुधबार लुका कारण ज्यान गुमाउनको तथ्यांक सार्वजनिक गरेका थिए । 

    images

    गर्मी बढेपछि गर्भनर केट ब्राउनले पनि मंगलबार एजेन्सीहरूलाई ओरेगनमा यसबाट बच्नका लागि के गर्न सकिन्छ भनेर अध्ययन गर्न निर्देशन दिएका थिए । यसबाहेक २६ जुनमा ग्रामीण सेन्ट पलमा मजदुरहरुलाई अत्यधिक गर्मीबाट बचाउन आपतकालीन नियम पनि लागू गरिएको छ ।

    ओरेगनका फार्महरूमा ८० हजारभन्दा धेरै मजदूरहरू कार्यरत छन् । 

    क्यानडामा ४७ डिग्रीसम्म तापक्रम रेडर्क गरिएको थियो भने ओरेगनमा ४२ डिग्री सेल्सियस पुगेको थियो । क्यानडामा पनि गर्मीका कारण यसपटक २ सयभन्दा बढी व्यक्तिकाे मृत्यु भएकाे छ । 

    उत्तरपश्चिम अमेरिका र क्यानडाका केही भागमा गर्मी बढेको छ । जाडो मौसममा शून्यभन्दा पनि कम तापक्रम हुने अधिकांश क्षेत्रमा यतिखेर गर्मीले रेकर्ड कायम गरेको हो । गर्मीबाट क्यालिफोर्निया र इडाहोका केही क्षेत्र पनि प्रभावित भएका छन् ।

    मानिसहरूलाई गर्मीबाट राहत दिन केही सहरहरूले चिस्यान केन्द्रहरू खोलिदिएका छन्, त्यहाँका बासिन्दाहरूले तिनै एसी भवनमा गर्मीबाट राहत पाउन सक्छन् । वातावरण विभागका अनुसार क्यानडाकाे ब्रिटिश कोलम्बिया, अल्बेर्टासहित सास्काचेवान, उत्तर पश्चिमी क्षेत्र र मनिटोबाका क्षेत्रमा गर्मी अत्यधिक बढेकाे छ । गर्मीका कारण क्यानडादेखि साइप्रस डढेलाेकाे प्रकाेपमा परेकाे छ । 

    क्यानडादेखि साइप्रससम्म गर्मीले जंगली डढेलो क्यानडादेखि साइप्रससम्म गर्मीले जंगली डढेलो क्यानडाको ब्रिटिश कोलम्बिया राज्यभर सयौं डढेलो  क्यानडाको ब्रिटिश कोलम्बिया राज्यभर सयौं डढेलो  क्यानडामा उच्च गर्मी भएको एउटा गाउँभर आगलागी क्यानडामा उच्च गर्मी भएको एउटा गाउँभर आगलागी क्यानडामा गर्मीबाट २३० को मृत्यु क्यानडामा गर्मीबाट २३० को मृत्यु अमेरिका र क्यानडामा अत्यधिक गर्मी [७ तस्बिर] अमेरिका र क्यानडामा अत्यधिक गर्मी [७ तस्बिर]

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology