मुकेश झा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विद्यालय भवन उद्घाटन गर्न आज सर्लाहीको बलरा जाने भएका छन् ।
प्रचण्डले बलरा नगरपालिका–८, गडहीया डुमरियामा रहेको जनता नमूना माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री प्रचण्ड मध्यान्ह हेलिकप्टरमार्फत गडहीया आइपुग्ने कार्यक्रम रहेको सो विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष एवं संविधानसभा सदस्य शिवपुजन राय यादवले जानकारी दिए ।
उनका अनुसार विद्यालयको १२ कोठे नवनिर्मित भवन आज प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने छन् । नवनिर्मित भवन उद्घाटनपश्चात प्रधानमन्त्री प्रचण्डले सोही विद्यालयको प्राङ्गणमा नेकपा माओवादी केन्द्रले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्ने कार्यक्रम तय गरिएको छ ।
सो कार्यक्रममा अन्य पार्टीबाट ठूलो संख्यामा नेता कार्यकर्तालाई माओवादीमा प्रवेश गराउने तयारी रहेको यादवले बताए ।प्रधानमन्त्री प्रचण्डको आगमनलाई लक्षित गर्दै उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij