Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

राष्ट्रपतिले दिए क्रिकेट खेलाडीलाई शुभकामना

राष्ट्रपतिले दिए क्रिकेट खेलाडीलाई शुभकामना

  • 110
    SHARES
  • राष्ट्रपतिले दिए क्रिकेट खेलाडीलाई शुभकामना

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आइसीसी टी-२० विश्वकप प्रतियोगिताका लागि क्रिकेट खेल्ने खेलाडीलाई सफलताका लागि शुभकामना दिएका छन् ।

    बेस्टइन्डिज र अमेरिकामा आयोजना हुन लागेको आइसीसी टी-२० विश्वकप क्रिकेट खेल्न जाने टोलीका सदस्यलाई सफलताको  शुभकामना व्यक्त गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

    नेपाली क्रिकेट टोली आज राति त्यसतर्फ प्रस्थान गर्दै छ । टी-२० विश्वकप जुन १ तारिखदेखि सुरु हुँदैछ । विश्वकपमा नेपाल समूह ‘डी’मा परेको छ । यस समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्याण्ड्स छन् ।

    नेपालले जुन ४ तारिखमा नेदरल्याण्ड्ससँग विश्वकपको सुरुवात गर्नेछ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij