Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

  • 96
    SHARES
  • गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

    गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने भएका छन ।

    दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । गत चैत २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका अधिकारीले संवैधानिक व्यवस्थाअनुसार आज विश्वासको मत लिन लागेका हुन ।

    नेपाल कम्युनिष्ट पार्टी नेकपा (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र एक स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थनमा उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij