Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

भारतमा मन्त्रिपरिषद् फेरबदल

भारतमा मन्त्रिपरिषद् फेरबदल

  • 675
    SHARES
  • भारतमा मन्त्रिपरिषद् फेरबदल

    नयाँ दिल्ली । भारतको इतिहासमा पहिलोपटक सबैभन्दा ठूलो मन्त्रिमण्डल बनेको छ । बुधबार साँझ ६ बजे सर्वार्थ सिद्धि योगमा प्रधानमन्त्री नरेन्द्र मोदीको क्याबिनेटका ४३ मन्त्रिले सपथ लिए । सपथ समारोहमा ३४ जनाले हिन्दी र ९ जनाले अंग्रेजी भाषा छनोट गरेका थिए । 

    नयाँ मन्त्रिमा सबैभन्दा धेरै ७ जना उत्तर प्रदेश र ३ जना गुजरातबाट छन् । हाल भइरहेका मन्त्रिमध्ये ७ जना राज्य मन्त्रिलाई मन्त्रि बनाइएको छ ।  

    मोदीको क्याबिनेटमा अहिलेसम्मकै सबैभन्दा धेरै महिला मन्त्रि भएका छन् । उत्तर प्रदेशबाट अनुप्रिया पटेल, कर्नाटकबाट शोभा कन्रदलाजे, गुजरातबाट दर्शना विक्रम जरदोस, दिल्लीबाट मिनाक्षी लेखी, झारखण्डबाट अन्नपूर्ण देवी, ओडिशाबाट प्रतिमा भौमिक, महाराष्ट्रकी भारती प्रवीण पवार नवनियुक्त महिला मन्त्रि हुन् । यसअघि क्याबिनेटमा अर्थमन्त्री निर्मला सीतारमण, कपडा मन्त्री स्मृति इरानी, खाद्य मन्त्री साध्वी निरन्जन ज्योति र आदिवासी मुद्दासम्बन्धी राज्यमन्त्री रेणुका देवी थिए ।

    ७२ मन्त्रिसहितको परिषद्मा १२ दलित मन्त्री, ८ आदिवासी, ५ अल्पसंख्यक मन्त्री रहेका छन् । १४ मन्त्रि ५० वर्षभन्दा कम उमेरका छन् । मन्त्रिमण्डल विस्तार हुनुभन्दा ठिक अगाडि प्रधानमन्त्री मोदीले आफ्ना टिममा रहेका ५३ मध्ये १२ मन्त्रिलाई हटाएका छन् ।

    यो अहिलेसम्म भारतमा कुनै पनि प्रधानमन्त्रीले क्याबिनेट विस्तारभन्दा अगाडि गरेको सबैभन्दा ठूलो कारबाही हो । प्रकाश जावडेकर, डा हर्षवर्धन, रविशंकर प्रसादजस्ता दिग्गज व्यक्ति मन्त्रिपरिषद्बाट बाहिरिएका छन् । 

    भारतमा मन्त्रिपरिषद् फेरबदल हुने भारतमा मन्त्रिपरिषद् फेरबदल हुने

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij