Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

पहिरो पन्छाएपछि आज बिहानदेखि नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा

पहिरो पन्छाएपछि आज बिहानदेखि नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा

  • 594
    SHARES
  • पहिरो पन्छाएपछि आज बिहानदेखि नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा

    चितवन । पहिरोका कारण बुधबार रातिदेखि अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक आज बिहानदेखि एकतर्फी खुलेको छ ।

    उक्त सडकखण्डको भरतपुर महानगरपालिका–२९ सेतीदोभानमा खसेको पहिरो पन्छाएपछि आज बिहान साढे ५ बजेदेखि सडक सञ्चालनमा आएको हो ।

    जिल्ला प्रहरी कार्यालय चितवनले पहिरो पन्छाएपछि अहिले एकतर्फी बाटो खुलेकाले रोकिएका सवारी गन्तब्यतर्फ अघि बढेका छन् । वर्षा सुरु भएयता उक्त सडकखण्ड धेरै पटक अवरुद्ध भइसकेको छ । दैनिक सडक अवरुद्ध हुने र केहीबेर खुल्ने क्रम जारी छ । विभिन्न ठाउँमा निरन्तर पहिरो खस्ने भइरहेकाले यात्रा जोखिमपूर्ण बनेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij