Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

नवनिर्वाचित सांसद नेम्वाङद्वारा शपथ ग्रहण

नवनिर्वाचित सांसद नेम्वाङद्वारा शपथ ग्रहण

  • 196
    SHARES
  • नवनिर्वाचित सांसद नेम्वाङद्वारा शपथ ग्रहण
    काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य सुहाङ नेम्वाङले आज पद तथा गोपनीयताको शपथ लिएका छन । संघीय संसद् सचिवालयद्वारा सिंहदरबारमा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेसमक्ष नेम्वाङले शपथ लिएका हुन ।
     
    सभामुख घिमिरेले नेम्वाङलाई सांसदको प्रतिक चिन्ह प्रदान गरे । सो अवसरमा सचिवालयका कर्मचारीहरुले सांसद नेम्वाङलाई नेपालको संविधान ऐन नियमका सामग्री प्रदान गरेका थिए । कार्यक्रममा उपसभामुख इन्दिरा राना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, रक्षामन्त्री हरिप्रसाद उप्रेती, विभिन्न राजनीतिक दलका प्रमुख सचेतक, संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयलगायत  उपस्थित थिए ।
     
    यही वैशाख १५ गते सम्पन्न इलाम क्षेत्र नं २ को उपनिर्वाचनमा नेकपा (एमाले) का उम्मेदवार नेम्वाङ प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij