Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

कर्णाली कोरिडोरमा १६ वटा पक्की पुल निर्माण

कर्णाली कोरिडोरमा १६ वटा पक्की पुल निर्माण

  • 148
    SHARES
  • कर्णाली कोरिडोरमा १६ वटा पक्की पुल निर्माण

    कालीकोट । कर्णाली कोरिडोरअन्तर्गत कालीकोटको नरहरिनाथ गाउँपालिका–८ खुलालुबाट हुम्लाको सलिसल्लासम्म १६ वटा पक्की पुल निर्माण भएका छन । गत वैशाखदेखि हालसम्म कर्णाली करिडोरअन्तर्गत उक्त खण्डमा १६ वटा पक्की पुल निर्माण भएका हुन ।

    आठदेखि दश महिनाको अवधिमा करिडोरअन्तर्गत कालीकोटको खुलालुबाट हुम्लाको सलिसल्लासम्म १२३ किलोमिटरमा १६ पक्की पुल निर्माण सम्पन्न भएका खुलालु सलिसल्ला सडक आयोजना कार्यालयले जनाएको छ ।

    उक्त खण्डमा साना तथा ठूला खोलामा गरी १६ वटा पक्की पुल निर्माण भएको खुलालु आयोजनाका प्रमुख वीरेन्द्र चन्दले बताए । ‘गत वैशाखदेखि निर्माण सुरु भएको थियो’, आयोजना प्रमुख चन्दले भने, ‘सबै पुल निर्माण गत कात्तिकमा सम्पन्न भए पनि बाँकी काम भने चैतमा सम्पन्न भएका छन् ।’

    सलिसल्लासम्म राष्ट्रिय सडक सञ्जालमा जोडिएसँगै निर्माण सामग्री जुटाउन सहज भएकाले चाँडो काम सम्पन्न भएको प्रमुख चन्दले जानकारी दिए । ‘निर्माण सम्पन्न भएका पुल खुलालुबाट बाजुराको कवाडीसम्म आठवटा छन्’, आयोजना प्रमुख चन्दले भने, ‘बाजुराको कवाडीबाट हुम्लाको सलीसल्लासम्म आठवटा छन् ।’

    सबै पुल छ मिटर चौडाइ र आठ मिटर लम्बाइका रहेका आयोजनाका प्रमुख चन्दले जनाए । ‘यी सबै पुल निर्माणका लागि भ्याटसहित कार्यालयले नौ करोड लागतमा बनाएको हो’, आयोजना प्रमुख चन्द भने, ‘पुल निर्माणसँगै बर्खायाममा बाढी पहिरो तथा खोलामा पानीको बहाव बढेपछि सडक अवरुद्ध हुने अवस्थाको अन्त्य भएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij