Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

संसद्को गतिरोध खुलाउने काम सत्तापक्षको हातमा छ : विमलेन्द्र निधि

संसद्को गतिरोध खुलाउने काम सत्तापक्षको हातमा छ : विमलेन्द्र निधि

  • 149
    SHARES
  • संसद्को गतिरोध खुलाउने काम सत्तापक्षको हातमा छ : विमलेन्द्र निधि

    धनुषा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले  संसद्को गतिरोध खुलाउने काम सत्तापक्षको हातमा रहेको बताएका छन् ।

    जनकपुरधाममा नेपाली कांग्रेस धनुषाद्वारा आज आयोजित प्रशिक्षण कार्यक्रममा उनले कांग्रेसले सहकारी प्रकरणमा संसदीय छानविन समिति बनाउनुपर्ने कुरामा जोड दिएको बताए ।

    ‘सरकारले समिति बनाउन साथ दिनुको सट्टा विवादलाई बढाउने काम गरिरहेको छ’, नेता निधिले भने । कुनै पनि समस्या समाधान गर्न दृढ इच्छा शक्ति हुन आवश्यक रहेको उनको भनाइ छ । नेता निधिले समग्र निर्वाचन प्रणालीमा सुधार गरेर अगाडी बढ्न तथा प्रदेशलाई बलियो बनाउनका लागि प्रहरी तथा कर्मचारी समायोजनमा ढिलाइ गर्न नहुने जनाए ।

    कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा चन्द्रमोहन यादव, मिनाक्षी झा, मधेश प्रदेशसभा सदस्य रामसरोज यादव, पार्टीका जिल्ला सभापति योगेन्द्र पञ्जियार, कांग्रेस धनुषाका उपसभापति गणेश झालगायतले आ–आफ्नो धारणा राखेका थिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij