Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

सर्लाहीका अग्निपीडितलाई राहत वितरण

सर्लाहीका अग्निपीडितलाई राहत वितरण

  • 144
    SHARES
  • सर्लाहीका अग्निपीडितलाई राहत वितरण

    सर्लाही । सर्लाहीका हरिपुर्वा–६, बसबरिया–३ र बागमती–४ का समेत २१ अग्निपीडित परिवारलाई महोत्तरीको रोटरी क्लब अफ बर्दिबासले शनिबार राहत वितरण गरेको छ ।

    जम्मा २७ प्रकारका अत्यावश्यक सामग्री राखिएको ‘नीलो बाकस’ मधेश प्रदेश सरकारमा गृह, कानुन तथा सञ्चार राज्यमन्त्री शारदादेवी थापा र रोटरी क्लब अफ बर्दिबासका अध्यक्ष कृष्णप्रसाद गौतमसहितको टोलीले राहत वितरण गरेको हो ।

    राहत सामग्रीको ’निलो बाकस’मा भाँडाकुडा, फेरफार लुगा, ससाना नानीहरका लागि शैक्षिक सामग्री र उद्धार कार्यमा कामलाग्ने सानाऔजार (बेल्चा, काँटी, पिलास, हथौडासहितका सामग्री) छन । तस्बिर : रासस

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij