Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

गुल्मीमा दमकल चालकसहित पाँच जनालाई सम्मान

गुल्मीमा दमकल चालकसहित पाँच जनालाई सम्मान

  • 210
    SHARES
  • गुल्मीमा दमकल चालकसहित पाँच जनालाई सम्मान

    तम्घास । गुल्मीमा आगो निभाउन महत्वपूर्ण भूमिका खेलेका दमकल चालकसहित पाँच जनालाई सम्मान गरिएको छ ।

    जिल्लाको शुभलक्ष्मी क्लीनिकले आज रेसुङ्गा नगरपालिकाका दमकल चालक कमल पन्थी, दमकल सहायक कृष्णबहादुर थापा, नगरप्रहरी जवान वसन्त बस्नेत, जीवन पाण्डे र नगरपालिकाका कार्यालय सहयोगी प्रेमबहादुर मगरलाई सम्मान गरिएको हो । 

    उनीहरूलाई सम्मानपत्र, दोसल्ला र मायाको चिनोले सम्मान गरिएको संस्थाका व्यवस्थापक राजेन्द्र विश्वकर्माले जानकारी दिए ।गुल्मीमा रहेका १२ पालिकामध्ये रेसुंगा नगरपालिकासँग मात्र दमकल रहेको छ ।

    दमकलले सदरमुकाम तम्घासका साथै इस्मा, गुल्मीदरबार, धुर्कोट, अर्घाखाँचीको छत्रदेवलगायतका ठाउँमा सेवा दिइरहेको छ ।

    सोही दमकल लिएर आगो निभाउन खटिने चालकसहितका सदस्यलाई हौसला प्रदान गर्न सम्मान गरिएको शुभलक्ष्मी क्लीनिकका प्रबन्ध निर्देशक होम पल्लीले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # चालक

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij