Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

१४३ जनाको निःशुल्क आँखाकाे शल्यक्रिया

१४३ जनाको निःशुल्क आँखाकाे शल्यक्रिया

  • 215
    SHARES
  • १४३ जनाको निःशुल्क आँखाकाे शल्यक्रिया

    खोटाङ । नेत्रज्योति संघ खोटाङले दिक्तेलमा आयोजना गरेको तीनदिने निःशुल्क आँखा शल्यक्रिया शिविरमा एक सय दुई वर्षीय वृद्धसहित १४३ जनाको आँखाको सफल शल्यक्रिया भएको छ ।

    गत वैशाख २९-३१ गतेसम्म सञ्चालन भएको शिविरमा दिप्रुङ चुइचुम्मा गाउँपालिका-७ टेम्माका सहरमान विश्वकर्मासहित एक सय ४३ जनाको मोतियाविन्दुको शल्यक्रिया र ३६ जनाको  शल्यक्रिया गरिएको हो ।

    चार वर्षदेखि पूर्ण रूपमा देख्न छाडेका विश्वकर्माले शल्यक्रियापछि पुनः दृष्टि प्राप्त गरेको बताए । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकासँगको सहकार्य तथा सगरमाथा चौधरी आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा  १४ जना स्वास्थ्यकर्मीको टोलीले सेवा प्रवाह गरेको हो ।

    नगरपालिका, नेत्रज्योति संघ खोटाङ र आँखा उपचार केन्द्र दिक्तेलले वडा-वडामा पुगेर आँखा जाँच गर्दा शल्यक्रिया गर्नुपर्ने अवस्था देखिएका बिरामीलाई लक्ष्यगरी निःशुल्क आँखा शल्यक्रिया शिविर सञ्चालन गरिएको नेत्रज्योति संघका अध्यक्ष इन्द्र कसजूले बताए ।

    शिविरमा तीन सय ७३ जनालाई निःशुल्क चश्मा तथा छ सय ५० जनालाई निःशुल्क औषधि वितरण गरिएको थियो ।

  • सम्बन्धित विषय:

  • # आँखा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij