Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

सर्लाहीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, ६ जना घाइते

सर्लाहीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, ६ जना घाइते

  • 438
    SHARES
  • सर्लाहीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, ६ जना घाइते

    सर्लाही । सर्लाहीमा गएराति छुट्टाछुट्टै तीन स्थानमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अन्य ६ जना घाइते भएका छन् ।

    बयलवास-बबरगन्ज सडकखण्ड अन्तर्गत चन्द्रनगर गाउँपालिका-२, पर्ती बजार नजिक रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ ।

    ज १ त ५१९० नम्वरको ट्याक्टरमा दक्षिणतर्फबाट आइरहेको प्रदेश-२-०३-०२१ प ११६८ नम्वरको मोटरसाइकल ठोक्किँदा चालक ईश्वरपुर नगरपालिका-१०, बेलाका २९ वर्षीय सन्जित कुमार साहको घटनास्थलमै मृत्यु भएको हो ।

    अगाडिबाट आएको अर्को गाडीको बत्तीका कारण मोटरसाइकल चालक साहले राम्रोसँग आँखा नदेख्दा ट्याक्टरमा ठोक्किएको हुनसक्ने बताइएको छ ।

    वैदेशिक रोजगारीमा कतारमा बस्दै आएका साह केही दिनअघि मात्रै छुट्टीमा घर आएका थिए । त्यसैगरी बरहथवा नगरपालिका-१४, लालदियरमा बा ४० प ८९९५ नम्वरको मोटरसाइकलले साइकल यात्रीलाई ठक्कर दिँदा चार जना घाइते भएका छन् ।

    दुर्घटनामा साइकल यात्री बरहथवा-१४, का ५५ वर्षीय हरिनारायण महतो, उनको नाती दुई वर्षीय आकाश महतो, मोटरसाइकल चालक बरहथवा नगरपालिका-१२, बस्ने २१ वर्षीय रुपचन राम र पछाडि सवार २४ वर्षीय शिवेक कुमार महतो घाइते भएका हुन् ।

    घाइते चारै जनाको जनजीवन अस्पताल बरहथवामा उपचार चलिरहेको छ । त्यस्तै पूर्व पश्चिम राजमार्ग अन्तर्गत ईश्वरपुर नगरपालिकास्थित बाँके जङ्गलमा बर्दिवासबाट फूलजोरतर्फ आइरहेको प्रदेश २-०३-००१ च ४००८ नम्वरको पिकअप तीव्र गतिका कारण अनियन्त्रित भइ पल्टिँदा चालक र सहचालक घाइते भएका छन् ।

    दुर्घटनामा घाइते पिकअप चालक सिन्धुलीको दुधौली नगरपालिका-४, डकहा बस्ने २३ वर्षीय शान्तिप्रसाद तिमल्सिना र सहचालक सोही ठाउँका १९ वर्षीय रोहन लामिछानेको मोडेल अस्पताल लालबन्दी उपचार चलिरहेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # सर्लाही

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij