Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

पर्यटन प्रवर्द्धन गर्न ठमेलमा हस्तकला मेला

पर्यटन प्रवर्द्धन गर्न ठमेलमा हस्तकला मेला

  • 102
    SHARES
  • पर्यटन प्रवर्द्धन गर्न ठमेलमा हस्तकला मेला

    काठमाडौं । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा खाना तथा हस्तकला मेला हुने भएको छ ।

    ठमेल पर्यटन विकास परिषद्को आयोजनामा काठमाडौं महानगरपालिका-२६ स्थित सञ्चयकोष भवनअगाडि त्रिदेवी मार्गमा भोलि खाना तथा हस्तकला मेला आयोजना हुन लागेको हो ।

    परिषद्का महासचिव राजीव पाण्डेले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि एकदिने सडक खाना तथा हस्तकला मेला आयोजना गर्न लागिएको जानकारी दिए ।

    मेला बिहान १० बजेदेखि राति १० बजेसम्म सञ्चालन हुनेछ । मेलामा हस्तकलाका सामग्री, तयारी पोशाक सिल्क, पश्मिन, गरगहनालगायत उत्पादनका ३० प्रदर्शनीकक्ष रहने छन् । मेलामा सांस्कृतिक कार्यक्रम पनि  हुनेछ ।

  • सम्बन्धित विषय:

  • # ठमेल

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij