Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

दक्षिण कोरियाका युवाले विकास गरे ‘तेस्रो आँखा’ 

दक्षिण कोरियाका युवाले विकास गरे ‘तेस्रो आँखा’ 

  • 653
    SHARES
  • दक्षिण कोरियाका युवाले विकास गरे ‘तेस्रो आँखा’ 

    काठमाडौं । विज्ञान तथा प्रविधिको युगमा मान्छेहरु धेरै नै व्यस्त देखिन्छन् । बजारमा उपलब्ध विभिन्न विद्युतीय उपकरणप्रति मानिसको लगाव अत्यधिक रहेको देख्न सक्छौं ।

    images

    आजभोली मानिसले आफूलाई नजरअन्दाज गर्न सक्छन् तर आफ्नो मोबाइललाई नजरअन्दाज गर्न सक्दैनन् । क्रेज यतिसम्म बढेको छ कि मोबाइललाई केही क्षणपनि आफूबाट टाढा राख्न सक्दैनन् । कति पटक त मानिसले दुवै आँखाले मोबाइल हेरिरहेको हुन्छ र कुनै अप्रिय घटना घटछ ।

    कतिपय व्यक्ति माेबाइल हेर्दै हिँड्दा लड्न पुग्छन् । यस्ता खाले समस्याबाट बच्न एक व्यक्तिले कृत्रिम आँखाको विकास गरेका छन् । उनले यसलाई थर्ड आइ नाम दिएका छन् । 

    दक्षिण कोरियामा बस्ने २८ वर्षीय पेन्ग मिन-वूक पेशाले डिजाइनर हुन् । उनले नै कृत्रिम आँखाको डिजाइन गरेका हुन् । यो एक रोबोटिक आँखा हो । यसलाई टाउकोमा लगाएर काेही पनि व्यक्तिले मोबाइलको स्क्रिनमा हेर्दै हिँड्न सक्छन् । 

    यसलाई टाउकोमा लगाएपछि कुनै व्यक्ति एक वा दुई मिटरको दुरीमा छ भने थर्ड आइले बीपको माध्यमबाट जोखिमको संकेत गर्छ । ‘हामी एकछिन पनि मोबाइल फोनबाट आँखा हटाउन सक्दैनौं’ पेन्ग मिन-वूक भन्छन्, ‘यस्तो परिस्थितिमा हामीलाई भविष्यमा तेस्रो आँखाको आवश्यकता पर्नेछ । जसले हामीलाई सम्भावित जोखिमबाट बचाउनेछ ।’ थर्ड आइ यहि सोचका साथ डिभाइस विकसित भएको उनले जनाएका छन् । 

    पेन्ग मिन-वूकले मानिसमा जनचेतनाको विकास होस् भन्ने ध्येयले थर्ड आइको विकास गरेको पनि बताएका छन् । 'थर्ड आइको विकासमार्फत व्यक्तिले उनीहरुमा भएको मोबाइलको लतलाई गम्भिरतापूर्वक बुझेर यसबाट छुटकरा पाउन प्रयास गर्नुपर्छ' पेन्ग मिन-वूक भन्छन् । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology