वेबटिभी खबर
गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बेगनास तालको पर्यटकीय उपयोगका लागि पूर्वाधार विकासमा जोड दिनुपर्ने बताएका छन् ।
बेगनास ताल धार्मिक तथा पर्यटन विकास संस्थाको चौथो वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उनले बेगनास तालको संरक्षणसँगै आवश्यक पूर्वाधार विकास गरी धार्मिक पर्यटकीय गन्तव्यकारूपमा अघि प्रदेश सरकारको पनि साथ रहने बताएका हुन् ।
‘बेगनास ताल र आसपासका क्षेत्रमा पूर्वाधार विकासका कामहरू अघि बढिरहेका छन् । यसलाई धार्मिक धार्मिक पर्यटकीय गन्तव्यकारूपमा विकास गर्न थप काम गर्नुपर्ने आवश्यकता छ । विकासक्रममा आइपर्ने समस्यासँग डराएर नभै समाधान गर्दै अघि बढ्नुपर्छ । त्यसमा हाम्रो पनि साथ छ’, मुख्यमन्त्री अधिकारीले भने ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij