Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

निःशुल्क आँखा शिविरबाट दुई सय भन्दा बढी लाभान्वित

निःशुल्क आँखा शिविरबाट दुई सय भन्दा बढी लाभान्वित

  • 143
    SHARES
  • निःशुल्क आँखा शिविरबाट दुई सय भन्दा बढी लाभान्वित

    म्याग्दी । जिल्लाको बेनी नगरपालिका-२ ज्यामरुककोटमा शनिबार सम्पन्न निःशुल्क आँखा शिविरमा दुई सय १५ जनाले सेवा लिएका छन् ।

    ज्यामरुककोट सानालेखस्थित लेखसाइड युवा क्लबले भकुण्डेमा आयोजना गरेको शिविरको स्थानीय ९९ वर्षीय जमानसिंह घिमिरेको आँखा परीक्षण गर्दै बागलुङका नेत्ररोग चिकित्सक सुजनराज पाण्डेले शिविरको उद्घाटन गरेका थिए ।

    सिद्धार्थ आँखा उपचार तथा चश्मा घर बागलुङले प्राविधिक सहयोग गरेको उक्त शिविरमा ९० जना बिरामीलाई निःशुल्क चश्मा वितरण गरिएको क्लबका अध्यक्ष ध्रुव थापाले जानकारी दिए ।

    शिविरमा स्थानीय वृद्धवृद्धादेखि अशक्त, अपाङ्गता भएका, बालबालिका तथा वयस्क सबै उमेर समूहका मानिसको नेत्र परीक्षण एवं उपचार गरिएको उनले बताए ।

    शिविरमा ज्यामरुककोटको गौश्वारा, सानालेख, तमाने, भकुण्डे, फापरखेत र खवरा क्षेत्रबाट बिरामी आएका थिए ।

  • सम्बन्धित विषय:

  • # निःशुल्क

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij