Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

मास्क नलगाई हिँडेका शाहरुख खान ट्रोल बने

मास्क नलगाई हिँडेका शाहरुख खान ट्रोल बने

  • 695
    SHARES
  • मास्क नलगाई हिँडेका शाहरुख खान ट्रोल बने

    नयाँ दिल्ली । बलिउड अभिनेता शाहरुख खान दिवंगत चर्चित अभिनेता दिलीपकुमारको अन्तिम संस्कारमा सनग्लास लगाएर उपस्थित भएपछि सामाजिक सञ्जालमा ट्रोल बनेका छन् । चर्चित अभिनेता दिलीपकुमारको निधन ७ जुलाईमा मुम्बईस्थित हिन्दुजा अस्पतालमा भएको थियो ।

    images

    अभिनेताको पार्थिव शरीरलाई अस्पतालबाट घर पुर्याइएपछि उनको अन्तिम संस्कारमा बलिउड क्षेत्रका चर्चित चलचित्रकर्मीको बाक्लो उपस्थित थियो  । 

    उक्त अन्तिम संस्कारमा अभिनेता शाहरुख खानले दिलीपकुमारको घर पुगि उनकी पत्नी सायरा बानोलाई सान्त्वना दिएका थिए । अभिनेता खानले घरभित्र पनि सनग्लासेस लगाएर सायरासँगै बसेका थिए । यसबारे तस्बिर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा प्रयोगकर्ताहरुले अभिनेता खानलाई नराम्रोसँग ट्रोल गर्न सुरु गरेका छन् । 

    अभिनेता शाहरुखको एउटा तस्बिर निकै नै भाइरल भएको छ । जसमा खानले सेतो टि-सर्ट, जीन्स र सनग्लास लगाएर सायरा बानोसँगै बसेको देखिन्छन् । घरभित्र सनग्लास लगाएर बसेको उनको तस्बिरलाई हेरेर एक सामाजिक सञ्जाल प्रगोगकर्ताले लेखेका छन्, ‘अन्तिम संस्कारमा सान्त्वना दिन गएका हुन् वा पार्टीमा ? सनग्लास नै हटाएका छैनन् ।’

    त्यसैगरि अर्का व्यक्ति लेख्छन्,  ‘मास्क लगाउन जरुरी थियो । तर मास्क लगाउन छोडेर सनग्लासेस लगाएर घरभित्र बसेका छन् । व्यक्तिहरु विज्ञानबाहिर बाचिरहेका छन् ।’

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology