Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

दुई हजारभन्दा बढी किसानलाई उन्नत बीउमा अनुदान

दुई हजारभन्दा बढी किसानलाई उन्नत बीउमा अनुदान

  • 111
    SHARES
  • दुई हजारभन्दा बढी किसानलाई उन्नत बीउमा अनुदान

    चितवन । भरतपुर महानगरपालिकामा रहेका दुई हजारभन्दा बढी किसानलाई उन्नत बीउमा अनुदान सहयोग गरिएको छ ।

    महानगरपालिकाका ७० वटा सहकारीमा आबद्ध बढी दुई हजार दुई सय ३६ किसानलाई उन्नत गहुँ र तोरीको बीउ अनुदानमा वितरण गरिएको महानगर कृषि शाखा प्रमुख तेजेन्द्रप्रसाद पौडेलले जानकारी दिए ।

    उनका अनुसार ३४ सहकारी समूहका नौँ ६९ र ३६ सहकारीका एक हजार दुई सय ९७ किसानले तोरीको उन्नत बीउ पाएका छन । करेसाबारीका लागि हिउँदे र वसन्ते तरकारी बीउका दुई/दुई हजार किट र एउटा परिवारका लागि गहुँको बीमा प्रतिकिलो एक सय र तोरीको बीउमा प्रतिकिलो ३० अनुदान दिइएको महानगरले जनाएको छ ।

    ‘अघिल्ला वर्षमा धान र मकैको बीउ अनुदान दिइएका थिए । यस वर्ष भने बजेट अभावका कारण गहुँ र तोरीको बीउमात्रै अनुदानमा दिइएको हो । यसले किसानलाई ठूलो सहयोग पुगेको छ’, शाखा प्रमुख  पौडेलले भने। 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij