Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

कांग्रेसले आफ्नो भूमिकाबारे पुनर्विचार गर्नुपर्छ : उपाध्यक्ष पौडेल

कांग्रेसले आफ्नो भूमिकाबारे पुनर्विचार गर्नुपर्छ : उपाध्यक्ष पौडेल

  • 259
    SHARES
  • कांग्रेसले आफ्नो भूमिकाबारे पुनर्विचार गर्नुपर्छ : उपाध्यक्ष पौडेल

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले लोकतान्त्रिक अभ्यासको अनुसरण गरी संसद्को गतिरोध अत्य गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई आग्रह गरेका छन ।

    प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानको धारा १०० को उपधारा २ बमोजिम विश्वासको मतका लागि गरेको प्रस्तावको समर्थन गर्दै पौडेलले मुलुकमा राजनीतिक स्थिरताका लागि संसद्को गतिरोध अन्त्य हुनुपर्ने बताएका हुन ।

    ‘राजनीतिक स्थिरता कायम गर्दै मुलुकलाई गति दिन सरकारलाई साथ दिन सबै दलहरुलाई म आग्रह गर्दछु । नेपाली कांग्रेसले आफ्नो भूमिकालाई पुनर्विचारसहित लोकतान्त्रिक अभ्यास अनुसरण गरेर अघि बढ्न आह्वान गर्दछु’, उपाध्यक्ष पौडेलले भने ।

    अहिलेको सरकारले सुशासन प्रत्याभूतिको सन्देश दिएको, नागरिक तहमा रहेको निरासा चिरेको र पछिल्ला प्रयासबाट आशाको सञ्चार हुँदै गएको पौडेलले दाबी गरे । सहकारी संस्थाहरुको रकम हिनामिनाका सन्दर्भमा संसदीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद्मा विरोध जनाइरहेको छ । आज होहल्लाका बीच विश्वासको मत लिने प्रक्रिया अघि बढेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij