Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

नुवाकोटमा कोरोना संक्रमित एकजनामा भेटियो डेल्टा प्लस भेरियन्ट

नुवाकोटमा कोरोना संक्रमित एकजनामा भेटियो डेल्टा प्लस भेरियन्ट

  • 711
    SHARES
  • नुवाकोटमा कोरोना संक्रमित एकजनामा भेटियो डेल्टा प्लस भेरियन्ट

    नुवाकोट । नुवाकोटमा संक्रामक मानिएको कोरोना भाइरसको ‘डेल्टा प्लस भेरियन्ट’ फेला परेको छ । त्रिशूली जिल्ला अस्पतालले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै कोरोना पोजेटिभ देखिएका चार स्वावको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमार्फत अन्तरराष्ट्रिय प्रयोगशालामा परीक्षण गर्न पठाएको  मध्ये एक नमुनामा डेल्टा प्लस भेरियन्ट भेटिएको जनाएको छ । 

    अस्पतालमा मेडिकल प्रमुख डा. दीपेन्द्र पाण्डेले डेल्टा प्लस भेरियन्ट पहिलेका भेरियन्ट भन्दा ६० देखि १०० प्रतिशत बढी संक्रामक भएको जानकारी दिँदै  सजग रहन आग्रह गरे ।

    यसैबीच जिल्ला प्रशासन कार्यालयले नुवाकोटमा एक साताको लागि निषेधाज्ञ थप गरेको छ । प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले निषेधाज्ञ आगामी साउन १ गते राति १२ बजेसम्म रहने बताए ।

    जिल्लाभरि अहिले ५०२ जना सक्रिय कोरोना संक्रमित छन । हालसम्म नुवाकोटमा कोरोनाबाट ३७ जनाको निधन भइसकेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij