Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

एमाले विवाद सहमति नजिक

एमाले विवाद सहमति नजिक

  • 628
    SHARES
  • एमाले विवाद सहमति नजिक

    काठमाडाैं । नेकपा एमालेको विवाद समाधान कार्यदलले शुक्रबारकाे छलफलबाट लगभग सहमति जुटाएको छ । 

    सिंहदरबारमा बसेको करिब सात घण्टा लामो बैठकले सहमतिका लागि साझा मस्यौदा तयार पारेको छ । साझा मस्यौदामा सहमति जुटेकाले यसलाई शनिबार अन्तिम रुप दिइने नेताहरुले बताएका छन् । 

    बैठकपछि कार्यदलमा केपी ओलीतर्फका सदस्य एवं एमालेका प्रवक्ता प्रदिप ज्ञवालीले पार्टीमा एकता कायम गर्ने विषय टुंगोमा पुगेको दावी गरे । झण्डै सात घन्टाको बैठकपछि पार्टीको एकतालाई सुदृढ गर्ने सम्वन्धमा सहमतिमा पुगेको उनले बताए ।

    सहमतिको दस्तावेजलाई अन्तिम रुप दिन भाषिक परिमार्जनका लागि भोलि शनिबार बैठक बस्ने जानकारी दिँदै सहमतिका बुँदा बारे भने उनले केही बताएनन् । 

    वरिष्ठ नेता माधव नेपाल पक्षका नेता गोकर्ण बिष्टले लामो छलफलपछि धेरै बिषयमा सहमति जुटेको उल्लेख गरे । उनले केही विषयमा शनिबार पुनः छलफल हुने स्पष्ट पारे । विष्टका अनुसार छलफलबाट लगभग सहमति जुटेको छ । 

    एमालेको विवाद समाधानका लागि कार्यदल केही दिनयता निरन्तर छलफलमा छ । त्यसैगरी विवाद समाधानका लागि एमाले अध्यक्षे केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच पनि वान टु वान वार्ता भएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij