वेबटिभी खबर
काठमाडौं । सहकारीमा तोडफोड गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखरा-३० शिशुवामा रहेको चक्रदेवी बहुमुखी सहकारी संस्थाको कार्यालयमा तोडफोड गरेर कर्मचारीमाथि हातपात गरेको आरोपमा कास्की प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कास्कीको माछापुच्छ्रे-५ रिभानमा ३६ वर्षीय प्रकाश बिक, झापाका ४० वर्षीय राजीव प्रसाईं, पोखरा-२७ लेखनाथका ४२ वर्षीय गणेश शाही, २९ वर्षीय समीन विक, २७ वर्षीय सञ्जीव सुनार छन् ।
यसैगरी, पोखरा-२७ का यमबहादुर चौरेली, ४९ वर्षीय कृष्णकुमारी चौरेली, रुपन्देहीका ४७ वर्षीय कमला चन्द र नवलपरासीका वर्षीय ४२ की विष्णु बोहरा पनि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij